राजनीति


बालुवाटारमा ओली र देउवाबीच छलफल

बालुवाटारमा ओली र देउवाबीच छलफल

फाइल तस्बिर


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १८:३५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल भइरहेको छ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सकस परिरहेका बेला ओली र देउवा छलफलमा जुटेका हुन्।

केही बेरदेखि भइरहेको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखक पनि सहभागी छन्।

मन्त्रिपरिषद् बैठक बस्नुअघि भइरहेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

दुई नेताबीच राष्ट्र बैंकको गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएको थियो। सोअनुसार कार्यकारी निर्देशक पदबाट भट्टले राजीनामा दिइसकेका छन्।

तर राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न मानेकी छैनन्। 

राजीनामा स्वीकृत नहुँदा गभर्नर नियुक्ति अन्योलमा फसेको छ। यहीबीचमा गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि सरकारले नयाँ सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो। 

तर समितिले पूर्णता पाए पनि राजीनामा स्वीकृत नभएकै कारण बैठक बस्न सकेको छैन। 

यहीबीचमा स्वयं महाप्रसाद अधिकारीविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ। गत चैत २५ गतेदेखि गभर्नर पद रिक्त छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad