पाकिस्तानस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई 'सुरक्षित स्थानमा' सर्न निर्देशन दिएको छ।
लाहोर र यसको उपनगरीय क्षेत्रको हवाई क्षेत्रमा ’ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई घुसपैठ’लाई ध्यानमा राख्दै पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानमा सर्न निर्देशन दिएको हो।
अमेरकी वाणिज्य दूतावासको वेबसाइटमा जारी विज्ञप्तिमा भनिएको छ, ‘वाणिज्य दूतावासले पाकिस्तानी अधिकारीहरूले लाहोरको मुख्य विमानस्थलनजिकैका क्षेत्र खाली गर्न सक्छन् भन्ने प्रारम्भिक रिपोर्ट पनि प्राप्त गरेको छ।’
उसले अमेरिकी नागरिकहरूलाई सल्लाह दिँदै भनेको छ, ‘ती क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूले सम्भव भएसम्म त्यहाँबाट बाहिरिनुपर्छ।’
अमेरिकी नागरिकहरूलाई भनिएको छ-
-सुरक्षित स्थानमा सर्नुहोस्
-अमेरिकी सरकारी सहायतामा निर्भर नभएकाहरूसँग त्यहाँ (पाकिस्तान) बाट बाहिरिने योजना हुनुपर्छ
-यात्रा कागजातहरू तयार राख्नुहोस्
- आफ्नो उचित पहिचान पत्र राख्नुहोस् र अधिकारीहरूसँग सहकार्य गर्नुहोस्
Shares

प्रतिक्रिया