सत्तारुढ नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल गरिनेछ भने समसामयिक राजनीतिबारे पनि चर्चा हुनेछ।
एमाले संसदीय दलको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रमलाई व्यावहारिक, प्रगतिशली र जनमुखी रहेको ठहर गरिसकेको छ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।

27
Shares

प्रतिक्रिया