राजनीति


सांसद राईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सांसद राईलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:५५, काठमाडौँ

सहकारी ठगीको आरोपमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

गत शनिबार बेलुका काठमाडाैँकाे कपनस्थित निवासबाटै पक्राउ परेकी राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार म्याद थपका लागि काठमाडाैँ जिल्ला अदालतमा उपस्थित गराएको थियो।

यसअघि आइतबार अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

राई कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको पूर्वसहसचिव हुन्। उनी सहसचिव हुँदा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा पूरक जाहेरी परेपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। तर राईविरुद्ध भने पछि उजुरी परेकाले अनुसन्धान गरेर पूरक अभियोजन गर्ने प्रहरीको तयारी छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad