कारोबार


चालू अधिवेशनबाटै हवाइ सेवा विधेयक पारित गर्ने सरकारको दाबी

चालू अधिवेशनबाटै हवाइ सेवा विधेयक पारित गर्ने सरकारको दाबी

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १६:५५, काठमाडौँ

सरकारले चालू अधिवेशनबाटै हवाइ सेवा विधेयक पारित गर्ने दाबी गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्को यसै अधिवेशनबाट पारित गरिने उल्लेख गरेको हो।

नीति तथा कार्यक्रममा नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाई हवाइ सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने उल्लेख गर्दै  हवाइ पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइने बताइएको छ। 

नीति तथा कार्यक्रमा आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवम् विस्तार गरिनेछ। नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने उल्लेख छ। 

नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिनेछ। योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलको रूपमा प्रवर्द्धन गरिने भन्ने छ। 

 पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिनेछ। दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरिनेछ। सार्वजनिक–निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुऱ्याइनेछ । 

पर्यटकीय पूर्वाधारमा मौलिकता नवप्रवर्तनलाई प्रोत्साहित गराइनेछ। ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र साँस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad