जनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी पक्राउ पर्नु एउटा ठूलो सडयन्त्र भएको दाबी गरेका छन्।
रेशमलाई पक्राउ गर्न पत्र काटेका सर्वोच्च अदालतका अधिकृत एउटा मोहरा मात्रै भएको र निकै माथिल्लो तहबाट यो घटना भएको दाबी समेत उनले गरे।
चौधरी रिहा भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै राउतले भने, ‘कर्मचारीलाई त एउटा मोहरा मात्रै बनाइएको हो। म उहाँलाई विचरा मात्रै भन्नसक्छु। यो धेरै माथिबाट भएको हो।’
भिडिओ:
सर्वोच्च अदालतले भने शाखा अधिकृत महिमानसिंह विष्टले अनधिकृत रुपमा सो पत्र लेखेको भन्दै उनीमाथि कारबाही गरेको छ। उनी प्रहरी हिरासतमा पुगेका छन्।
रेशमको पक्राउ घटनाले दुई पार्टीबीचको एकतामाथि चुनौती थपिएको भन्दै उनले एकताबारे अब पार्टीमा छलफल हुने जानकारी दिए। ‘एकीकरण भएमा झन ठूलो चुनौती हुनसक्छ भनेर चुनौती यसले दियो,’ उनले भने, ‘हामी यसबारेमा छलफल गर्छौं।’
Shares

प्रतिक्रिया