समाज


पशुपति क्षेत्र विकास कोषको ऐन परिमार्जन गरिने

पशुपति क्षेत्र विकास कोषको ऐन परिमार्जन गरिने

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १७:५६, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषको ऐन परिमार्जन गरिने भएको छ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति क्षेत्र विकास कोषको ऐनलाई परिमार्जन गरेर समयसापेक्ष बनाउने बताएका हुन्।

कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले कोषको ३९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै ऐन परिमार्जन गर्ने गरी मस्यौदा तयार गरिसकिएको जानकारी दिए।

उनले अब चाँडै नै उक्त मस्यौदालाई मन्त्रिपरिषद् हुँदै संसदमा लैजाने उनको भनाइ थियो। मन्त्री पाण्डेले नेपालको सभ्यताको पहिचानको रूपमा रहेको पशुपतिनाथलाई थप व्यवस्थि गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी विकाष कोष र पशुपति विकास कोषबीच आपसमा सहकार्यसहित अघि बढ्न सुझाव पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad