नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणी चौधरीले सरकारले शिक्षकहरुका मागहरु सम्बोधन नगरे सिंहदरबार र बालुवाटारबाट भाग्ने दिन आउने चेतावनी दिएका छन्।
‘शिक्षकहरुका मागअनुसार शिक्षा विधेयकलाई टुंग्याउनको लागि हार्दिक अनुरोध गर्दछु,’ चौधरीले भने, ‘ अन्यथा सिंहदरबार र बालुवाटारबाट भाग्नुपर्ला। शासकहरु भागेको कुरा सुन्नुभएको होला नि। पढ्नु भएको पनि होला। जनताको अगाडि बहुमत र दुई तिहाईको अंकले काम गर्दैन भन्ने कुरा बंलादेशतिर हेरे पुग्छ।’
उनले सरकारले शिक्षकहरुमाथि जंगली र दमनपूर्ण व्यवहार देखाएको भन्दै पार्टीको संसदीय दलको तर्फबाट भत्र्सना गरे।
276
Shares

प्रतिक्रिया