नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले देशको ऋणभार बढ्दैमा आत्तिनुनपर्ने बताएका छन्। शुक्रबार सुरु भएको बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै घिमिरेले यस्तो बताएका हुन्।
घिमिरेले जीडीपीको ४०-४२ प्रतिशत ऋणभार हुँदा पनि आत्तिनुनपर्ने बताए।
उनले भने, 'त्यो ऋण प्रतिफलयुक्त परियोजनामा कति खर्च भयो भएन चाहीँ महत्त्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय लगानी नबढाइ हामीले समृद्धि हासिल गर्न सक्दैनौँ। मुलुक बनाउनका लागि स्रोत व्यवस्थापन गर्नैपर्छ। स्रोत व्यवस्थापका क्रममा लागेका ऋणलाई खर्च नभई लगानी सम्झिन उचित हुनेछ। सही ढंगले स्पष्ट मार्गचित्रका साथ मुलुकलाई अगाडि बढाउन सके सम्पन्नता खोज्न अर्को मुलुक रोज्न पर्दैन।'
सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ ।
शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।
त्यस्तै उनले राजतन्त्र ब्युँताउन खोज्नेहरूलाई चिनाटिप्पणी नहेर्न आग्रह गरे। 'कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ। चिना टिप्पण नहेरे हुन्छ। त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन्’ उनले भने।
Shares

प्रतिक्रिया