राजनीति


सरकार परिवर्तनबारे ओलीले सोधे- के हो? देउवाको जवाफ: के हो, के हो!

सरकार परिवर्तनबारे ओलीले सोधे- के हो? देउवाको जवाफ: के हो, के हो!

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १३:२५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता फेरबदलको हल्लापछि छलफल भएको छ। थाइल्यान्डबाट नेपाल फर्किएकी परराष्ट्रमन्त्रीसमेत रहेकी सभापति देउवाकी पत्नी आरजु राणाले दुई नेताबीच सरकार परिवर्तनको विषयमा भएको हल्लाबीच छलफल भएको बताएकी हुन्। 

'हिजो प्रधानमन्त्री र उहाँ(देउवा)बीच फोनमा कुरा भएको थियो। प्रधानमन्त्रीज्यूले सरकार परिवर्तनको हल्लाबारे केहो भनेर सोध्नु भएको थियो,' देउवा र ओलीको कुराकानीबारे उनले भनिन्, 'उहाँले (देउवा)ले के हो के हो भन्नुभयो।'

आरजुले सरकार परिवर्तनको हल्ला मनोरन्जनका लागि चलाइएको बताइन्। 

'मनोरन्जनका लागि बेला बेला यस्ता समाचार आउँछन्। सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्नुपर्ने होला। विदेशमा बसेर त सरकार परिवर्तन हुँदैन। हामी पनि समाचार हेरेर छक्क भएका थियौँ।'

यसपटक आफ्नो र देउवा दुवैको राजनीतिक भेटघाट नभएको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad