प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
शुक्रबार थाइल्यान्डबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीका प्रश्नको जवाफ दिने क्रममा देउवाले ‘त्यस्तो केही नभएको’ प्रतिक्रिया दिएका हुन्।
सञ्चारकर्मीहरूले ‘गठबन्धनमा केही समस्या भएको हो?’ भनी सोधेपछि देउवाले भने, ‘त्यस्तो केही भएको छैन।’
‘सत्ता समीकरण परिवर्तन हुन्छ भन्ने छ नि?’ भनेर सोधिएको प्रश्नमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताए।
411
Shares

प्रतिक्रिया