राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलनरत निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागकी प्रमुख डा.तोसिमा कार्कीले विज्ञप्ति जारी गरी चिकित्सकहरूको मागप्रति सरकारले देखाएको उदासिनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी हुन्।
'नेपालको स्वास्थ्य सेवामा महत्त्वपूर्ण भूमिका खेलिरहनु भएका निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरू विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ' विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सरकारी र निजी मेडिकल कलेजका आवासीय चिकित्सक एमडी, एमएस, एमडीएसहरूको निर्वाह भत्ता समान हुने गरी आठौँ तहको चिकित्सक सरह ४८ हजार ७३७ रुपैँया उपलब्ध गराउन पनि रास्वपाले माग गरेको छ।
उक्त रकम बराबरको भत्ता उपलब्ध गराउने निर्णय चिकित्सक शिक्षा आयोगको १६औं बैठकले गरेको थियो।

Shares

प्रतिक्रिया