राजनीति


माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने

माओवादीको जागरण अभियान वैशाख १७ गते समापन हुने

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १३:३९, काठमाडौँ

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्गकेन्द्रित  तराई–मधेश जागरण अभियान वैशाख १७ गते कञ्चनपुर समापन हुने भएको छ। 

प्रमुख सचेतक हितराज पाण्डेले आज सिंहदबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष एवं दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियान समापन गर्न लागेको जानकारी दिएको बताए। अब बर्दिया, कैलाली र कञ्चनपुरमा मात्र माओवादीको अभियान बाँकी छ।

‘कमी, कमजोरी आत्मसाथ गर्दै जनतामा फर्किने भनेर झापादेखि सुरु गरेर वैशाख १७ गते कञ्चनपुरमा लगेर अन्त्य गर्दैछौँ,’ उनले भने, ‘हाम्रो दलप्रति जनताले जुन खालको अपेक्षा गर्नुभएको छ, त्यसलाई संगठनमा, जनताका आवाज सदनमा ठिक ढंगले लैजाने निर्देशन दलका नेताले दिनुभएको छ।’

दलको बैठकमा  ‘तराई-मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भएको प्रचण्डले बताएका थिए।

माओवादीले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad