राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक डाकेको छ। पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बिहीबार बिहान दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए।
संसद्को आगामी अधिवेशनबारे छलफल गर्न बैठक बोलाइएको झाको भनाइ छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदन वैशाख १२ गतेदेखि बस्ने गरी आह्वान गरिसकेका छन्।
195
Shares

प्रतिक्रिया