राजनीति


लिङ्देन पक्राउपछि राप्रपाको चेतावनी– बाधा पुर्‍याउन खोजे प्रतिकार गरिन्छ

लिङ्देन पक्राउपछि राप्रपाको चेतावनी– बाधा पुर्‍याउन खोजे प्रतिकार गरिन्छ

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १७:४३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गर्दा आफ्ना अध्यक्षसहितका नेताहरुलाई पक्राउ गरेर संविधान प्रदत्त अधिकार हनन गरेको आरोप लगाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु पक्राउ परेलगत्तै आकस्मिकरुपमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो चेतावनी दिएको हो।

‘सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ।’

पूर्व निर्धारित कार्यक्रमस्थल बिजुली बजारतर्फ जाने क्रममा प्रशासनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपतिजनक र दुर्भाग्यपूर्ण भएको समेत बैठकले ठहर गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad