कारोबार


योजना आयोगले अर्थ मन्त्रालयलाई बुझायो बजेट तर्जुमासम्बन्धी कार्यक्रमगत प्रतिवेदन

योजना आयोगले अर्थ मन्त्रालयलाई बुझायो बजेट तर्जुमासम्बन्धी कार्यक्रमगत प्रतिवेदन

नेपालखबर
बैशाख ७, २०८२ आइतबार १७:४७, काठमाडौँ

राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/०८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन्। 

योजना आयोगका उपाध्यक्ष अधिकारीले मन्त्रालयको आयोजनाको प्राथमिकीकरण, अन्तर्मन्त्रालय समन्वयमा जोड, विगतका भुक्तानीलाई सहजीकरणलगायतका विषय समेट्दै प्रतिवेदन तयार भएको बताए। 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत, कानुनी तथा संरचनागत सुधारहरु भइरहेको र त्यसको परिणामस्वरुप पछिल्लो दिनमा अर्थतन्त्रका समस्त सूचकहरु सकारात्मक भएको  बताए। 

उनले अर्थतन्त्रमा सुधार आइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा केन्द्रित हुने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad