नेकपा एकीकृत समाजवादीले शिक्षक आन्दोलनलाई लिएर नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिको खण्डन गरेको छ।
एकीकृत समाजवादीका प्रवक्ता प्रकाश ज्वालालले फेसबुकमार्फत झाँक्रीको भनाइको खण्डन गर्दै पार्टी शिक्ष आन्दोलनको समर्थनमा रहेको उल्लेख गरेका हुन्
‘कसैलाई भ्रम नहोस, हाम्रो पार्टी शिक्षक आन्दोलनको समर्थनमा छ,’ ज्वालाले लेखेका छन्, ‘शिक्षकका जायज माग सरकारले पुरा गर्नैपर्छ। आन्दोलनका बिरुद्धमा बोल्नु पार्टी धारणाको विपरीत हुन्छ।’
झाँक्रीले शनिबार लामो स्टाटस् लेख्दै ‘शिक्षकहरूको रमिता बढी भएको’ उल्लेख गरेकी थिइन्।
912
Shares

प्रतिक्रिया