नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा ३४ जना प्रमुख सुबेदार/सुबेदारहरू बढुवा भएका छन्।
बढुवा भएका अधिकृतहरूलाई प्रधान सेनापति अशोकराज सिग्देलले वैशाख ७ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था छ।
सो अनुरूप बढुवा भएका ३४ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन (शान्ति सेना) मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा भएका अधिकृतहरूका परिवारजनको उपस्थिति थियो।
957
Shares

प्रतिक्रिया