राजनीति


कांग्रेसले समस्या भन्ने होइन, समाधान दिनुपर्छ: गगन थापा

कांग्रेसले समस्या भन्ने होइन, समाधान दिनुपर्छ: गगन थापा

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १८:४०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन्।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे।

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए। उनले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरू गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरे।

महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नुपर्ने बताए। नेपाली कांग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए।

मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिने गरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए।

उनले भने, ‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन। कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ। हामी समाधान दिने पार्टी हो। हाम्रो ड्युटी हो यो। नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो। वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो। अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad