ग्लोबल


चीनले अमेरिकाबाट किन्न छाड्यो तरल ग्यास

चीनले अमेरिकाबाट किन्न छाड्यो तरल ग्यास

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १८:५७,

चीनले अमेरिकाबाट तरल ग्यास किन्न पूरै बन्द गरेको छ। १० हप्तायता अमेरिकाबाट सो ग्यास बोकेको ट्यांकर चीन पुगेको छैन। यसले ऊर्जा क्षेत्रमा अमेरिका र चीनबीचको व्यापार युद्धको विस्तारलाई देखाएको छ।

पछिल्लो पटक फेब्रुअरी ६ मा ६९ हजार टन ग्यास बोकेको ट्यांकर टेक्ससबाट चीनको फुचियान पुगेको थियो। 

चीनले फेब्रुअरी १० १५ प्रतिशत भन्सार लगाएपछि अर्को ट्यांकर भने बंगलादेशतर्फ मोडिएको थियो। 

अहिले ग्यासमा सो भन्सार दर बढेर ४९ प्रतिशत पुगेको छ। यससँगै अमेरिकी ग्यास चिनियाँहरूका लागि किनीनसक्नु बनेको छ।

यसको प्रभावस्वरुप चीन र रुसबीचको ऊर्जासम्बन्ध अझ घनिष्ठ हुने विश्लेषकहरूको भनाइ छ।

२०२१ मा चीनले आयात गरेको जम्मा ग्यासको ११ प्रतिशत हिस्सा अमेरिकाबाट आएको थियो। युक्रेन युद्ध सुरु भएपछि त्यो हिस्सा घट्दै गएको थियो। 

गत वर्ष अमेरिकी ग्यासले मात्र ६ प्रतिशत हिस्सा ओगटेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad