सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई अप्ठ्यारोमा पारेर राजतन्त्र ल्याउन खोजेको हो भन्दै आन्दोलनरत शिक्षकहरुलाई प्रश्न गरेका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नेक्रममा उनले अहिले सडक तताउने खालको स्थिति नभएको भन्दै आन्दोलन फिर्ता लिन समेत आग्रह गरे।
‘अब चाहिँ सडक तताएर, हडताल गरेर मुलुकको जे खालको परिस्थिति छ,’ गुरुङले भने, ‘सरकारले जे अनुरोध गरेको छ। सरकारको कुरा पनि सुन्नुपर्छ उहाँहरुले। यो आन्दोलनको बेला होइन अहिले। हुँदाहुँदा निजामतिले पनि शिक्षकले आन्दोलन गरिसक्यो हामी पनि गर्छौं भनेको छ। अर्कोले भन्ला भोलि। निजामति नै आन्दोलनमा गयो भने के हुन्छ?स्थायी सरकारमै भएको सेनामेना आन्दोलनमा गयो भने के हुन्छ?’
उनले अगाडि भने, ‘ शासन प्रशासन चल्छ?सेनामेना सबै आन्दोलनमा गयो भने सरकार कसरी चल्छ? त्यसो हो भने हामीले राजतन्त्र ल्याउन खोजेको हो त?हामीले राजतन्त्र ल्याउन खोजेको हो त सरकारलाई अप्ठ्यारो पारेर?सबै ठप्प पारेर? विद्यालयहरु सबै बन्द गरेर त्यो गर्न खोजेको हो?’
मन्त्री गुरुङले सरकारले समस्याको प्याकेजमै समधान खोजेको भन्दै त्यसको हल विद्यालय शिक्षा विधेयकबाट हुने जिकिर समेत गरे।
‘हामीले सम्रग समस्याको प्याकेज समाधान खाजेको हो,’ उनले भने, ‘त्यसैले पहिले यो विधेयक पास गर्ने। विधेयक पास गरेपछि शिक्षका धेरै माग त्यसले पुरा गरेको हुन्छ। पुरा नगरेका मागहरु पनि हामी पुरा गर्छौं। अरु समस्याहरु पनि हामी पुरा गर्दै जान्छौं।'
Shares

प्रतिक्रिया