सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन्।
सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै उनले मुलुकको समग्र अर्थतन्त्रमा सुधार ल्याउनुपर्ने क्षमताको गभर्नर ल्याउनुपर्ने भएकाले ढिलाई भएको जिकिर गरे।
सत्तारुढ दलहरुबीचमा गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको जानकारी समेत दिए। गुरुङले सत्तारुढ दलको राजनीतिक संयन्त्रको बैठकको मार्गनिर्देशनअनुसार सरकारले निर्णय लिने समेत जानकारी दिए।
त्यस्तै सरकार शिक्षकका मागहरुप्रति समेत संवेदनशील रहेको मन्त्री गुरुङले उल्लेख गरे। उनले शिक्षकका जायज मागहरु पूरा गर्नको लागि सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरिसकेको समेत जानकारी दिए।
Shares

प्रतिक्रिया