कवाडी सामान संकलकमाथि दुर्व्यवहार गर्ने काठमाडौँ महानगरपालिकाका केही महानगर प्रहरीको जिम्मेवारी खोसिएको छ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले विज्ञप्ति जारी गर्दै बुधबार बिहान काठमाडौँ महानगरपालिका-४ स्थित बालुवाटार क्षेत्रमा कवाडी संकलनका लागि साइकल डोर्याउँदै हिँडिरहेकामाथि दुर्व्यवहार गरेकाहरूलाई जिम्मेवारी मुक्त गरिएको हो।
उनीहरूको जिम्मेवारी खोसी आवश्यक कारबाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले बताएका छन्।

210
Shares

प्रतिक्रिया