राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम दुवै सदनको अधिवेशन वैशाख १२ गते दिउँसो १ बजेलाई आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यो अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।

189
Shares

प्रतिक्रिया