फिल्म ‘मैना’ बन्ने भएको छ। चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो। थिम पोस्टरले क्राइम थ्रिलर फिल्मको संकेत गर्छ।
यस चलचित्रलाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन्। यसै फिल्मबाट भट्टराईले डेब्यु गर्न लागेका हुन्।
भट्टराईले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका थिए।
सुस्मिता फिल्मसको प्रस्तुति रहने चलचित्रको कथा गोविन्द मल्लले लेखेका छन्। फिल्ममा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहनेछ। सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन्।
यस फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माणपक्षले जनाएको छ। यस फिल्ममा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन। निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए।
सिनेमाको नाम अनुसार, चलचित्रको मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ। यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन ।
चलचित्र कहिले रिलिज हुने यसबारे पनि निर्माणपक्षले केही समयपछि जानकारी दिने निर्देशक भट्टराईले बताए।
Shares

प्रतिक्रिया