पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक चिकित्सा पद्धतिको विकासका लागि तीनै तहका सरकार गम्भीर बन्न जरुरी रहेको बताएका छन्।
आफूहरु सरकारमा हुँदा प्राकृतिक चिकित्साको विकासका लागि उल्लेख्य बजेट सुनिश्चित गरेको भन्दै प्रचण्डले भने, ‘नेपाली सन्दर्भमा प्राकृतिक चिकित्सा पद्धतिको थप विकासका लागि तीनै तहका सरकार गम्भीर बन्नु जरूरी छ।’
पुर्खाहरूले प्रकृतिसँग साक्षात्कार गर्दै हासिल गरेको ज्ञान विशिष्ट रहेको समेत उनको भनाइ छ। प्रचण्डले भने, ‘हाम्रा पुर्खाहरूले प्रकृतिसँग साक्षात्कार गर्दै हासिल गर्नुभएको ज्ञान र कौशलको उत्कृष्ट प्रयोगमार्फत् उहाँहरूले जनतालाई प्रदान गरिरहेको सेवा विशिष्ट छ।
Shares

प्रतिक्रिया