राजनीति


शिक्षा ऐन तत्काल जारी गरेर शिक्षकका माग पूरा गरियोस्: नेसपा, नयाँ शक्ति

शिक्षा ऐन तत्काल जारी गरेर शिक्षकका माग पूरा गरियोस्: नेसपा, नयाँ शक्ति

नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:५१, काठमाडौँ

डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले शिक्षकहरूको माग तत्कार पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार पार्टीका प्रकवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै सरकारी विद्यालयका शिक्षकहरूको पेशागत हकहित र अधिकारका विषयलाई सम्बोधन हुने गरी शिक्षा ऐन जारी गर्न सरकारको ध्यानार्षण गराएका हुन्।  

शिक्षकहरूको आन्दोलनका कारण देशका करिब ३५ हजार सार्वजनिक विद्यालय, चार शिक्षक र ७० लाख विद्यार्थी प्रभावित बनेको नेसपा नयाँ शक्तिको भनाइ छ। 

'शिक्षक कर्मचारीहरूको मागलाई यथोचित ढंगले सम्बोधन गर्न सरकार उदासिन हुनु विडम्बनायुक्त अवस्था हो भने अर्को तिर राजनैतिक दलहरूको आफू सरकारमा हुँदा यस समस्या समाधानमा ध्यान नदिने तर प्रतिपक्षी हुँदा मात्रै समस्या देखाएर आन्दोलनलाई उचाल्ने भूमिका गैरजिम्मेवारीपनाको पराकाष्ठा हो,' विज्ञप्तिमा उल्लेख छ।  

नेपाल शिक्षक महासंघ र नेपाल सरकार विच बिगतमा भएका ५ बुँदे र ६ बुँदे सहमति अनुरूप तर्जुमा भएको विधेयकलाई महत्व दिएर यथाशीघ्र पारित गर्नुपर्न पनि उक्त पार्टीले माग गरेको छ। 
 

सरकारले शिक्षा ऐन ल्याउँदा शिक्षा क्षेत्रका समग्र समस्या समाधान दिनुपर्ने र गरिब तथा धनी वर्गका लागि दुईखाले शिक्षा प्रणालीको अन्त्य गर्नुपर्ने माग पनि नेसपा नयाँ शक्तिले गरेको छ। 

नेसपा नयाँ शक्तिले शिक्षक कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता पनि जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad