राजनीति


राजनीतिबाटै बिदा हुनुपर्ने भएपछि राष्ट्रपति पद स्वीकार गरिनँ: माधवकुमार नेपाल

राजनीतिबाटै बिदा हुनुपर्ने भएपछि राष्ट्रपति पद स्वीकार गरिनँ: माधवकुमार नेपाल

नेपालखबर
चैत २६, २०८१ मंगलबार १३:२०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्कने कुरा उचित नभएको प्रतिक्रिया दिएका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले दुवै पद सक्रिय राजनीतिभन्दा बाहिर भएकोले यसैको सम्मानका लागि उक्त पदमा बसेर फर्किएकाले ध्यान दिनुपर्ने बताएका हुन्।  

पूर्वराष्ट्रपति/उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाइ छ। नेता नेपालले सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले आफूले राष्ट्रपति पद स्वीकार नगरेकोसमेत दाबी गरे।  

'पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा लागिसकेपछि त अब अर्को ढंगले सोच्नुपर्छ। पूर्वराष्ट्रपति राजनीतिमा नलाग्दाखेरिको दिने सुविधा र लागिसकेपछिको सुविधामा फरक हुनुपर्छ,' उनले भने, 'सक्रिय राजनीतिबाट बिदा हुनुपर्ने भएकै कारणले मैले राष्ट्रपति पद स्वीकार गरिनँ।'

भारतले नेपालमा राजसंस्था पुनर्स्थापना प्रयासमा आफ्नो कुनै संलग्नता नभएको भनेको उनले उल्लेख गरे। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि त्यसबारे प्रस्ट पार्नुपर्ने उनको भनाइ छ। 

'उत्तर प्रदेशका मुख्यमन्त्रीको नाम जोडियो, उहाँले त्यसबारेमा खण्डन गरिदिनु राम्रो हुन्छ,' उनले भने, 'यस्ता कुरामा उहाँले नलाग्नु र उहाँको नाम मुछिँदाखेरि त्यसको खण्डन गर्नु राम्रो हुन्छ।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad