भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी भएको बताएका छन्। दुई नेताबीच आज थाइल्यान्डको बैंककमा भेट भएको थियो।
भेटबारे मोदीले दुई देशबीचको सम्बन्धलाई उच्च प्राथिमकतामा राखेर छलफल गरिएको बताएका छन्।
'हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रका बारे छलफल गर्यौँ,' मोदीले भनेका छन्, 'हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट विशेष गरी विपद् व्यवस्थापन र सामुद्रिक यातायातका क्षेत्रबारे पनि केही कुरा गरेका छौँ।'
प्रधानमन्त्री सचिवालयका एक अधिकारीले नेपालखबरलाई बताएअनुसार भेट बैंककस्थित मोदी बसेकै होटल म्यान्डारिन ओरियन्टलमा भएको हो। ती अधिकारीका अनुसार ३५ मिनेटसम्म एक्लाएक्लै भेट भएको थियो।
Shares

प्रतिक्रिया