राजनीति


भेटबारे ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी

भेटबारे ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १७:२, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा छन्। 

ओली चैत १९ गते नै थाइल्यान्ड पुगेका हुन्। उनले योबीचमा बिमस्टेक राष्ट्रका प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधिसँग छलफल गरे। 

यही मौकामा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि साइडलाइन भेट गरेका छन्। हिजो बिहीबारमात्रै थाइल्यान्ड पुगेका मोदीसँग ओलीले उनी बसेकै होटलमा पुगेर भेट गरेका हुन्।  

मोदी होटल म्यान्डारिन ओरियन्टलमा बसेका छन् भन् ओली बिमस्टेक शिखर सम्मेलन भएकै होटल सांग्रिलामा बसेका छन्। 

भेटबारे दुवै नेताले खुसी साटेका छन्। मोदीले नेपालीमा लेखेर र ओलीले हिन्दीमा लेखेर भेटबारे खुसी साटेका हुन्।  

मोदीले भनेका छन्, 'बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूद्यो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्‍यौँ। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा पनि कुरा गर्‍यौँ।

उता ओलीले भने हिन्दीमा लेखेर खुसी साटेका छन्। उनले भनेका छन्, 'मेरो प्रिय मित्र, प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग आत्मीय भेट भइको छ। हाम्रो कुराकानी अत्यन्तै सार्थक र सकारात्मक रह्यो। यो सौहर्दपूर्ण भेटका लागि खुसी व्यक्त गर्दछु।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad