राजनीति


म प्रदेश खारेजीको आन्दोलनमा छुः चित्रबहादुर केसी

म प्रदेश खारेजीको आन्दोलनमा छुः चित्रबहादुर केसी

नेपालखबर
चैत २२, २०८१ शुक्रबार १४:३४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेजीको लागि आन्दोलनमै रहेको बताएका छन्।  

शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष केसीले संविधान निर्माणका बखतदेखि नै आफ्नो पार्टी प्रदेशको विपक्षमा रहेको बताएका हुन्। 

प्रदेश खारेज नगरी मुलुकमा विकासको ढोका नखुल्ने उनको जिकिर छ। उनले तीनकुनेमा चैत १५ गते भएको घटना लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ भएकोसमेत बताए। 

‘अहिले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने नियतका साथ यो आन्दोलन आएको छ। संविधानभित्रका कतिपय कुराहरूमा त हाम्रो मतभेद हुनसक्छ नि। त्यो मतभेद त जनतामा त्यसकिसिमको प्रभाव पारेर आफ्नो पक्षमा जनमत ल्याएर असहमति भएको विषयलाई हटाउने हो,' उनले भने, 'त्यसको बहाना प्रणाली नै सिध्याउने र शत्रुतापूर्ण आन्दोलनसित सरकार चनाखो हुनुपर्छ। अब म आफैँ पनि आन्दोलनमा छु। मैले सरकारलाई भनिराखेको छु प्रदेश हुनुहुन्न। संविधान बनाउँदाका बखतदेखि नै जनमोर्चाले प्रदेश भनेको होइन?'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad