जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन्।
बिहीबार मधेसकेन्द्रित ७ दलको संघीय लोकतान्त्रिक मोर्चा कार्यक्रमको घोषणा समारोहमा बोल्दै अध्यक्ष यादवले वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दा समेत मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र अर्थतन्त्रमा कुनै सुधार गर्न नसकेको टिप्पणी गरेका हुन्।
‘सरकार गठन भएको आज झण्डै नौ महिना बितिसकेको भए पनि न सुशासन, न भ्रष्टाचार नियन्त्रण, न आर्थिक सुधार भयो। संविधान संशोधन गर्छौं भनेर आएका प्रधानमन्त्रीले ०८७ मा संविधान संशोधन गर्ने भन्ने,' उनलेल भने, 'जबकि यो सरकारको र संसद्को दुई अढाई वर्ष मात्रै बाँकी छ। त्यसकारण सबै क्षेत्रबाट असफल भइसकेको कारणबाट सरकार झन कमजोर भएको छ, भ्रष्टाचार बढिरहेको छ। लुटतन्त्र र विचौलियातन्त्रको बिगबिगी छ।'
अहिलेको सरकारको कामकारबाहीबाट जनता आक्रोशित भएको उनको भनाइ छ। उनले अहिलेको अवस्थामा प्रतिगमनकारी शक्तिहरूले गणतन्त्र सिध्याउने खेल खेलिरहेको पनि टिप्पणी गरे।
Shares

प्रतिक्रिया