राजनीति


माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

माओवादीले बाँकेबाट पुनः सुरु गर्‍यो तराई-मधेस जागरण अभियान

नेपालखबर
चैत २१, २०८१ बिहिबार ११:४३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरेको छ। 

यही चैत ११ गते चितवनमा पुगेपछि स्थगित भएकाे अभियान बाँकेबाट पुनः सुरु गरिएको माओवादी केन्द्रले जनाएको छ। 

समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गरेको वृहत् जनप्रदर्शनको तयारीका लागि भन्दै माओवादीले चितवन पुगेपछि अभियान केही दिनको लागि स्थागित गरेको थियो।  

बुधबार अनेमसंघ क्रान्तिकारीद्वारा बाँकेमा आयोजित लुम्बिनी प्रदेशको सम्मेलनसँगै माओवादीले पुन: अभियानलाई अघि बढाएको हो। 

अध्यक्ष प्रचण्डसहितका नेताले बिहीबार बिहान हुलाकी राजमार्ग केन्द्रित अभियान अन्तर्गत कोहलपुर-नौलापुरमा मर्निङवाक गरेका छन्। 

आज बाँकेको कोहलपुरमा जनयुद्धका सहिद, घाइते.अपांगता भएका व्यक्ति र बेपत्ता परिवारसँग अन्तक्रिया कार्यक्रम गरिएको माओवादी केन्द्रले जनाएको छ। 

गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट अभियान सुरु गरेको थियो। 

अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ। 

अब नवलपुर, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, बाँके, कैलाली र कञ्चनपुरमा हुलाकी अभियान सुरु गरिने माओवादीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad