राजनीति


संसद्‌ले प्रभावकारी काम गर्न सकेन: अर्जुननरसिंह केसी

संसद्‌ले प्रभावकारी काम गर्न सकेन: अर्जुननरसिंह केसी

नेपालखबर
चैत १९, २०८१ मंगलबार १५:५८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसदको हिउँदे अधिवेशनले विधायनको क्षेत्रमा प्रभावकारी काम गर्न नसकेको बताएका छन्।  

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले जारी गरेका अध्यादेशहरू पास भए पनि मुल विधेयकको रुपमा आउनुपर्ने कानुनहरू यथावत रहेको बताएका हुन्। 

उनले संघीय निजामति विधेयक, शिक्षा विधेयकहरू जस्ता महत्वपूर्ण कानुनहरू यथावत रहेको कारण कानुन निर्माणमा हिउँदे अधिवेशनलाई प्रभावकारी मान्न नसकिने उनको धारणा छ। 

उनले नेपालले थप आन्दोलन र हिंसा थेग्न नसक्ने भन्दै यसतर्फ सरकार गम्भीर हुनुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad