राजनीति


गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: सोविता गौतम

गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ: सोविता गौतम

नेपालखबर
चैत १९, २०८१ मंगलबार १६:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।  मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको कारणले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएकी हुन्। 

उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरू पनि पूरा नगरेको र सरकारले लापरबाही गर्दा युवकको ज्यान गएको बताइन्। 

‘आगो नलाग्नुपर्ने ठाउँहरूमा पनि लागेको छ, प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ। गोली लागेको कुरा छ। सविन महर्जनको कुरा छ। भिडिओ नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन,' उनले भनिन्, 'उहाँहरूको त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो। अहिले भिडिओ फुटेजमा रियालिटी अर्कै छ। यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ। उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ। उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ।'

लेखकको ठाउँमा जिम्मेवारी लिनसक्नेलाई पठाउन पनि कांग्रेसलाई आग्रह गरिन्। लेखक कांग्रेसका नेता हुन्। 

'अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ। यो सरकारकै पनि मन्त्रीहरू फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो छ’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad