राजनीति


कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल

कुलमानलाई हटाएर जलविद्युत्‌ आयोजनाको पीपीएमा ८ अर्बको लेनदेन गर्दैछन्: झलनाथ खनाल

नेपालखबर
चैत १८, २०८१ सोमबार १६:३०, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशव्यापी रुपमा भ्रष्टाचार बढेको बताएका छन्।  आइतबार पार्टीनिकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशव्यापी रुपमा भ्रष्टाचार नै भ्रष्टाचार रहेको र हरेक क्षेत्रमा सरकारका वरपर भ्रष्टाचारी भएको बताएका हुन्। 

उनले यसको पछिल्लो उदाहरण कुलमान घिसिङलाई हटाउनु रहेको बताए। 

'तीन महिना मात्रै कार्यकाल भएको कर्मचारीलाई यति जबरजस्ती रुपले निर्ममतापूर्वक, कायरतापूर्वक र स्वार्थपूर्ण ढंगले किन फ्याँकियो? किनभने अहिले विद्युत प्राधिकरणबाट देशभर विकास गरिने जलविद्युत आयोजनाहरु छन्, त्यसमा कम्तिमा ४ हजार मेगावाटका जलविद्युत योजनाहरूको पीपीए गर्ने बेला भएको छ,' उनले भने,'बिजुली कतिमा किन्ने भनेर मोलतोल गर्ने बेलामा हो यो। त्यो बेलामा धेरै ठूला लेनदेनका कामहरु हुने गर्दछन् । त्यसमा ६ देखि ८ अर्बको लेनदेन हुनेवाला छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad