राजनीति


तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री शाहले आज छलफल गर्ने

तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग प्रधानमन्त्री शाहले आज छलफल गर्ने

नेपालखबर
साउन ५, २०८३ मंगलबार १०:५०, काठमाडौँ

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीहरूसँग आज छलफल गर्ने भएका छन्।

संघका पदाधिकारीहरू आज बिहान साढे ११ बजे शाहले छलफल गर्न लागेका हुन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने भेटमा संघका अध्यक्ष पशुपतिदेव पाण्डे, प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल तथा प्राविधिक सल्लाहकार प्रकाशकुमार झा लगायत सहभागी हुने कार्यक्रम रहेकाे प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।

छलफल तयारी पोशाक उद्योगको वर्तमान अवस्था, उद्योगले भोगिरहेका समस्या, उत्पादन तथा निर्यात प्रवर्धन, रोजगारी सिर्जना र उद्योग क्षेत्रको समग्र विकासका विषयमा केन्द्रित हुनेछ।

प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा निजी क्षेत्र, उद्योगी-व्यवसायी तथा सरोकारवाला निकायहरूसँग निरन्तर संवाद गर्दै आएका छन्।

छलफलमा व्यवसायी भोगिरहेका समस्या, समाधानका उपाय र नीतिगत सुधारका विषयमा सुझाव लिने तथा कार्यान्वयनका लागि प्रधानमन्त्रीबाट सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशन दिने गरिएको उनको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad