राजनीति


आज जनकपुर जाँदै प्रचण्ड, भोलि मधेश प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने

आज जनकपुर जाँदै प्रचण्ड, भोलि मधेश प्रदेशस्तरीय प्रशिक्षणमा सहभागी हुने

फाइल फोटो


नेपालखबर
साउन ५, २०८३ मंगलबार १२:३३, काठमाडौँ

नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मधेस जाँदैछन्। 

बुधबार जनकपुरमा हुने प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड मंगलबार दिउँसो ४ बजे जनकपुर जाने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले जानकारी दिए। 

‘भोलि जनकपुरमा हुने पार्टी प्रदेश कमिटीको एकीकण तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेता आज जनकपुर आउँदै हुनुहुन्छ,’ साहले भने, ‘जनकपुर बसाईका क्रममा प्रचण्ड आज महोत्तरीको रामगोपालपुर पुगेर  संविधानसभा सदस्य लालेन्द्र मण्डलका बुवाको पुण्यतिथिको कार्यक्रममा सहभागी हुने कार्यक्रमसमेत छ।’  

प्रशिक्षण कार्यक्रम बुधबार जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक भवनमा राखिएको छ। त्यहाँ मधेश प्रदेशस्तरीय प्रशिक्षण, एकीकृत समाजवादीसहितका विभिन्न वाम घटकहरूसँगको एकता समायोजन तथा शपथग्रहण कार्यक्रम हुने छ। जहाँ प्रचण्डसँगै माधव नेपाल, नारायणकाजी श्रेष्ठसहितले सम्बोधन गर्ने छन्। 

कार्यक्रममा प्रदेशस्तरीय कमिटीका पदाधिकारी, जिल्ला नेतृत्व तथा पार्टीका जनवर्गीय संगठनका प्रतिनिधि सहभागी हुने साहले जानकारी दिए। 

कार्यक्रम सकेर बुधबार साँझ प्रचण्ड काठमाडाैँ फर्किनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad