राजनीति


आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको भलो गर्दैन : सांसद थापा

आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको भलो गर्दैन : सांसद थापा

नेपालखबर
चैत १८, २०८१ सोमबार १३:३९, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले राजावादीको आन्दोलनले आफ्नो पार्टीलाई निसानामा बनाएकोक बताएका छन्।

संसद्को विशेष समयमा बोल्दै थापाले आफ्नो पार्टी कार्यालयमा गएर विधंस मच्चाएर आगजनी समेत भएको बताए। 

‘घरघरमा पसेर लुटपाट भयो। कस्तो राजा खोजेको हो? जनतालाई लुट्ने राजा खोजेको हो कि? जनतालाई सम्मान गर्ने राजा खोजेको हो? यो कुरा जनताले बुझ्न जरुरी छ’, थापाले भने, ‘यदी राजा असल थिए भने यो देश स्वीट्जरल्यान बनिसक्थ्यो। १२ पुस्तासम्मको वंशले काठमाडौँ महानगरपालिका कब्जा गथ्र्यो होला। राजा वीरेन्द्र मर्दा किरिया गर्नेसमेत मान्छे नभेट्ने आफ्नै सन्तानको प्रगति नचाहने राजतन्त्रले देशको प्रगती हुँदैन।’

पञ्चायत कालमा काण्डैकाण्ड भएको सम्झाउँदै उनले भने, ‘त्यतिबेला मुर्ति चोरिएका हुन्थे। अस्मिता लुटिएका हुन्थे। मान्छे सडकमै गाडीले किचेर जान्थे।’

राजावादीले आन्दोलनमाा पत्रकारलाई जिउँदै जलाएर मारिएको भन्दै राज्यले बल प्रयोग गर्न नसकेको बताए। 

‘२०४६ सालको सम्झौता मान्नपर्छ भन्ने हो भने २००७ सालको राणा पनि मान्ने र राणा शासन पनि ल्याउने हो?’, उनले प्रश्न गरे। राज्यलाई गम्भीर बन्न पनि थापाले सुझाव दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad