नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र राख्ने प्रयासमा कांग्रेस असफल भएको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा शर्माले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताएका हुन्।
उनले विगतमा कांग्रेसले विधानमै 'संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए । तर, अब राजतन्त्र देशमा नफर्कने उनको भनाइ छ ।
'पूर्वपञ्चहरू, आज तपाईंहरूलाई संवैधानिक राजतन्त्र चाहियो ? हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन ?,' शर्माले प्रश्न गरे, 'राजद्रोहको मुद्दा लगाएर जेल हालेको होइन ? सर्वस्व हरण गरिएको होइन ? तपाईंले ल्याउन चाहेको राजाले दलीय व्यवस्था निलम्बन गर्दा पनि गिरिजाबाबुले सबैलाई स्थान दिने भनेर ढुंगा खान तयार भएको होइन ?'
Shares

प्रतिक्रिया