स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा भ्रामक समाचार सम्प्रेसित भइरहेको भन्दै स्वास्थ्कर्मीको मनोवल गिराउने सामाग्री प्रसारित नगर्न आग्रह गरेको छ।
संसारभरी नै कोरोना भाइरसको रोकथामको उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थकर्मी तथा संलग्न कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा आम जनतालाई सही र सत्य समाचार प्रकाशित गरिदिन मन्त्रालयले अपिल गरेको छ।
शनिबार प्रकाशित सार्वजनिक अपिलमा कोभिड–१९ को पहिचान, परीक्षण र उपचार गर्न सम्बन्धित औषधि, प्रयोगशाला सामाग्री, पीपीईलगायतका सामानहरु छिटो छरितो रुपमा ल्याउन सम्झौता भइ नेपाल आउने क्रममा रहेको जानकारी दिइएको छ।
कोरोना संक्रमित व्यक्तिको परीक्षण गर्न सामाग्री अभाव रहेको तथा उपचारमा चिकित्सकहरुले वेवास्ता गरेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले यस्तो विज्ञप्ति प्रकाशित गरेको हो।
Shares

प्रतिक्रिया