इटालीमा एक वृद्धले कोरोनाविरुद्धको लडाइँ जितेका छन्।
एक सय एक वर्षीय वृद्ध कोरोनाको संक्रमणलाई जित्न सफल भएका खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
कोरोनाबाट संक्रमित उनी अहिले पूर्ण रुपमा सन्चो हुने तर्खरमा छन्। ती वृद्धले जीवनमा विश्वयुद्ध पनि देखेका छन्।
अन्तर्राष्ट्रिय र स्थानीय समाचार एजेन्सीले ती वृद्धको नाम सार्वजनिक गरेका छैनन्।
यद्यपी उनलाई मायाले मिस्टर पीका नामले बोलाइन्छ। मिस्टर पीलाई गत साता कारोना संक्रमण भएको थियो।
यसअघ चीनको वुहानमा एक सय तीन वर्षीया वृद्धले पनि कोरोनाविरुद्धको लडाइँ जितेकी थिइन्।
त्यस्तै इरानामा पनि एक सय तीन वर्षीया एक महिला कोरोना संक्रमणबाट आफूलाई बचाउन सफल भएकी थिइन्।
3
Shares

प्रतिक्रिया