राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीनकुने घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको छ।
शनिबार बिहान बसेको रास्वपा सचिवालय बैठकले काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा चैत १५ गते भएको घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।
यसैगरी यही चैत १८ गतेका लागि पार्टीको केन्द्रीय समिति बैठक पनि राख्ने निर्णय बैठकले गरेको रास्वपाले जानकारी दिएको छ।
1.7k
Shares

प्रतिक्रिया