समाजवादी मोर्चा, नेपालको बैठक बस्ने भएको छ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अब केही बेरपछि बैठक सुरु हुँदै छ।
बैठकस्थलमा नेताहरू पुग्ने क्रम जारी छ।
राजावादीले काठमाडौँको तीनकुने क्षेत्रमा २ जनाको ज्यान जाने गरी गरेको हिंसात्मक आन्दोलनको भोलिपल्ट बिहानै समाजवादी मोर्चाको बैठक बस्न लागेको हो।
यसअघि आजै बिहान ११ बजेका लागि तय गरिएको समाजवादी मोर्चाको बैठक सारेर आकस्मिक रूपमा राखिएको नेताहरूले बताएका छन्।
त्यसो त शुक्रबार समाजवादी मोर्चाले पनि भृकुटीमण्डपमा गणतन्त्रका पक्षमा प्रदर्शन र सभा गरेको थियो।
897
Shares

प्रतिक्रिया