काठमाडौँको तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ। राजावादी प्रदर्शनकारीले प्रहरीको घेरा तोडेर प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको पछुवा गाडी बानेश्वरतर्फ अघि बढेपछि तनाव सिर्जना भएको हो।
गाडीभरि प्रदर्शनकारी बसेका थिए। उनीहरूले प्रहरीलाई ढुंगा हान्दै अगाडि बढाएको गाडीले प्रहरीको घेरा तोडेर बानेश्वरतर्फ अघि बढेको थियो। त्यसपछि प्रहरीले अश्रुग्यास, लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको थियो।
त्यतिबेलादेखि सुरु भएको तनाव अझै जारी छ। अहिले पनि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन्। प्रहरीले अश्रुग्यास र लाठी चार्ज गरिरहेको छ।
दुवैतर्फका केही घाइते भएका छन्।











1.5k
Shares

प्रतिक्रिया