राजनीति


शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने

शिक्षक महासंघले चैत २० देखि काठमाडौँ केन्द्रित आन्दोलन थाल्ने

फाइल फोटो


नेपालखबर
चैत १५, २०८१ शुक्रबार १४:२२, काठमाडौँ

नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ।

विगतमा शिक्षक महासंघसँग गरिएका सम्झौता कार्यान्वयन नभएको भन्दै महासंघले आन्दोलनको चेतावनी दिएको हो।

महासंघमा आवद्ध विभिन्न १५ वटा शिक्षकसँग सम्बन्धित संघसंस्थाहरूले संयुक्त अपील प्रकाशित गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।

शिक्षक संघ–संस्थाका अध्यक्षहरूले अपीलमा विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक– कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

सो अवधिमा उत्तर पुस्तिका परीक्षण नगर्ने लगायतका तीने तहका सरकारलाई असहयोग गर्ने महासंघले चेतावनी दिएको छ।

संयुक्त अपीलमा ‘आन्दोलन अवधिमा नेपाल सरकार, प्रदेश सरकार तथा ती अन्तर्गतका निकाय एवम् स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रम एवम् उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा समेत संलग्न नहुन’ सबै शिक्षक कर्मचारीहरूमा आग्रह गरिएको छ।

शिक्षक महास‌ंघले हालै प्रमुख दलका केन्द्रीय कार्यालयमा धर्ना दिनुका साथै विज्ञप्ति समेत दिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad