ad ad

राजनीति


कोरोनाविरुद्ध लड्न सुदूरपश्चिममा ४० करोडको कोष, प्रादेशिक अस्पताललाई डेडिकेटेड बनाइने

कोरोनाविरुद्ध लड्न सुदूरपश्चिममा ४० करोडको कोष, प्रादेशिक अस्पताललाई डेडिकेटेड बनाइने

नेपालखबर
चैत १५, २०७६ शनिबार ८:४१,

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमणको उपचारका लागि डेडिकेटेड अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले शनिबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै उक्त कुरा जानकारी गराएका हुन्। प्रादेशिक अस्पतालमा हाल एक जना कोरोना संक्रमित आइसोलेसनमा छन्।

प्रदेश सरकारले कोरोना जोखिम नियन्त्रण तथा उपचार, रोकथाम कोष समेत निर्माण गर्ने निर्णय गरेको छ। उक्त कोषमा प्रदेश सरकारलले ४० करोड जम्मा गर्ने र अन्य क्षेत्रलाई सहयोगको अपील गरिने प्रवक्ता शाहले बताए।

यस्तै बैठकले सेती प्राविधिक अस्पतालमा कोरोनाको परिक्षण गर्ने गरि ल्याबको व्यवस्थापन गर्ने तथा डोटी र बैतडी जिल्लामा समेत ल्याब बनाउने कामको सुरुवात गर्ने निर्णय गरेको छ।

बैठकले संघीय सरकारले बनाएको क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन मापदण्ड कार्यान्वयन गर्न आन्तरिक मामला तथा कानुन र कानुन मन्त्रालयले सहजीकरण तथा समन्वयन गर्ने निर्णय गरेको छ।

यस्तै क्वारेन्टाइनमा बिजुली, पानी, शैचालय लगायत अन्य आवश्यक कुराको प्रबन्ध मिलाउने जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्रीलाई सुम्पिकएको छ। साथै बैठकले कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनलाई सहयोग गर्न नीजी अस्पताललाई अपील गर्ने समेत निर्णय गरेको छ।

गरिबीको रेखामुनी रहेका र दैनिक ज्यालामजदूरीबाट आयस्रोत गुमेका वर्गलाई राहात दिन सम्बन्धमा आर्थिक मामला तथा योजना मन्त्रालयले संघीय सरकार र स्थानीय तहसँग समन्वयन गरि कार्य अघि बढाउने निर्णय समेत भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .