ad ad

समाज


पञ्जाबमा एक कोरोना संक्रमितले गर्दा ४० हजार व्यक्तिलाई क्वारेन्टिनमा राखियो

पञ्जाबमा एक कोरोना संक्रमितले गर्दा ४० हजार व्यक्तिलाई क्वारेन्टिनमा राखियो

नेपालखबर
चैत १५, २०७६ शनिबार ८:४२,

२० गाउँका ४० हजार व्यक्तिलाई पञ्जाब सरकारले क्वारेन्टिनमा राखेको बीबीसीले जनाएको छ।

जुन व्यक्तिले गर्दा ४० हजार मानिसहरु क्वारेन्टिनमा बसिरहेका छन् ती ७० वर्षका वृद्ध मानिसको भने मृत्यु भइसकेको छ।

मृतक व्यक्ति धर्म प्रचारक भएको बताइएको छ। ती व्यक्ति हालै कोरोनाग्रस्त मुलुक इटली र जर्मनी भ्रमण गरेर भारत फर्किएका थिए।

स्थानीय प्रशासनले उनलाई घरमै क्वारेन्टिनका नियम पालना गर्न भनेको थियो। यद्यपी उनले नियम पालना नगरी विभिन्न स्थान डुलेका थिए।

हालै उनको निधन भएको हो। उनको नाम बलदेब सिंह भएको जनाइएको छ। विदेशबाट फर्किएपछि उनी शिख धर्मावलम्बीहरुको ठूलो पर्व होला मोहल्लामा समावेश भएका थिए।

उक्त पर्वका अवसरमा मेलाको आयोजना गरिएको थियो। ६ दिनको मेलामा हरेक दिन १० हजार मानिस उपस्थित भएका थिए।

हाल बलदेब सिंहका १९ आफन्तमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

भारतीय अधिकारीहरुका अनुसार बलदेबले प्रत्यक्ष सम्पर्क गरेका ५५० मानिसहरुको पहिचान भइसकेको छ। उनले घुमेका सबै गाउँका मानिसलाई क्वारेन्टिनमा राखिएको छ।

हालसम्म भारतमा ९०८ जना कोरोनाबाट संक्रमित बनेका छन्। २० को मृत्यु भइसकेको छ। भारत तीन हप्ताको लागि लकडाउन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .