राजनीति


नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही चाहिँदैनः दुर्लभ थापा

नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ, अर्को कोही चाहिँदैनः दुर्लभ थापा

नेपालखबर
चैत १४, २०८१ बिहिबार १४:२६, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले लोकतन्त्रले सबै नागरिकलाई राजा बनाउने अधिकार दिएको उल्लेख गर्दै मुलुकमा कुनै राजा र रानीको आवश्यकता नरहेको टिप्पणी गरेका छन्।  

बिहीबार भक्तपुरको मध्यपुरथिमी नगरपालिकाको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले जनचाहानाअनुसार नेतृत्व परिवर्तन गर्न पाउने अधिकार आम नागरिकलाई भएको कारण व्यवस्था परिवर्तनको आवश्यकता नरहेको बताएका हुन्। 

‘नेपालमा न कुनै आन्दोलनको आवश्यकता छ न त व्यवस्था परिवर्तनको आवश्यकता छ। न यहाँ राजाको आवश्यकता छ न कुनै रानीको आवश्यकता छ,' उनले भने, 'प्रत्येक नागरिकलाई राजा बनाउने अधिकार लोकतन्त्रले दिएको छ। त्यसकारण तपाईँहरू सबै राजा हुनुहुन्छ। तपाईँहरू सबै उत्कृष्ट नागरिक हुनुहुन्छ। तपाईहरूले लोकतन्त्रको अधिकतम् प्रयोग गर्न पाउनुहुन्छ। तपाईँलाई कुनै प्रधानमन्त्री र कुनै नेता चित्त नबुझ्न सक्छ।'


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad