नेपालमा आयात हुनेमध्ये ६६ प्रतिशत दुईपांग्रे सवारीसाधन अन एसेम्बल अवस्थामै भित्रिने गरेका छन्।
सरकारले एसेम्बल उद्योगलाई कर छुट दिएसँगै करिब ६६ प्रतिशत मोटरसाइकल तथा स्कुटर नेपालमै आएर एसेम्बल हुनथालेका हुन्।
चालू आर्थिक वर्षको फागुनसम्म नेपालमा कुल १ लाख २७ हजार ६०२ मोटरसाइकल तथा स्कुटर आयात भएका छन्।
त्यसमा नेपालमा ८३ हजार ९३७ अनएसेम्बल अवस्थाका मोटरसाइकल तथा स्कुटर आयात भएका छन् भने तयारी अवस्थाका ४३ हजार ६०८ दुईपांग्रे भित्रिएका छन्।
नेपालमा बढी बिक्री हुने बजाज, हिरो, होन्डा, टीभीएस, रोयल इन्फिल्ड, यामाहालगायत मुख्य ब्रान्डका कम्पनीले एसेम्बल उद्योग स्थापना गरी अधिकांश मोडल नेपालमै एसेम्बल गरिरहेका छन्।
339
Shares

प्रतिक्रिया